

काठमाडौं – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको म्याद सम्बन्धी सुनुवाइ न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा जारी छ। सुनुवाइ सकिएपछि म्याद थप्ने कि नथप्ने भन्ने विषयमा आदेश आउनेछ।

जेनजी आन्दोलनका घटनासम्बन्धी गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि भन्दै ओली र लेखकलाई प्रहरीले शनिबार पक्राउ गरेको छ।
प्रकाउ परेका ओली स्वास्थ्य उपचारका लागि अस्पतालमा छन् भने लेखक प्रहरी हिरासतमा छन्। अस्वस्थका कारण ओलीलाई भर्चुअल माध्यमबाट उपस्थित गराइएको छ।

गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगको तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई दोषी ठहर गर्दै कारवाहीका लागि सिफारिस गरेको छ। आयोगले उनीहरूविरुद्ध फौजदारी अभियोगमा अनुसन्धान गर्न सिफारिस गरेको छ।
सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी अनुसन्धान गर्न प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।


