Aamsanchar

डोलप्रसाद अर्याल सभामुखमा निर्वाचत

Author Image
आइतवार, चैत २२, २०८२

काठमाडौं – प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डीपी) अर्याल निर्वाचत भएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो वैठकले सभामुखमा अर्याल निर्वाचित भएको घोषणा गरिएको हो । सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

आजको प्रतिनिधिसभा वैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेले प्रतिनिधिसभाको सभामुखमा अर्याललाई सभामुखमा प्रस्ताव गरेका थिए । सिंहदरबारको बहुउद्देश्यीय हलमा बसेको प्रतिनिधिसभाको दोस्रो वैठकमा लामिछानेले अर्याललाई गरेको सभामुख प्रस्तावमा रास्वपा सांसद सोविता गौतम, स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन जनाएका थिए ।

Views: 21

प्रतिक्रिया (०)