

झापामा सबैभन्दा धेरै संघ संस्था र व्यक्तिहरुले एकैठाँउ लगानी गरेकोे सामाजिककार्य समर्पण अभियन कार्यक्रम अन्तरगत निर्माण गरिएको कर्मयोग भवनको सम्पूर्ण निर्माणकार्य सम्पन्न भएको छ ।

भवन आगामी असोज महिना भित्रमा उद्घाटन गरिने बताईएको छ । विपन्न वर्ग र पर्याप्त ठाउँ अभावमा रहेका हरेक नागरिकहरुलाई लक्षीतगरी थोरै खर्चमा दशकर्म सम्पन्न गर्न सहज होस् भन्ने उदेस्य राखेर निर्माण गरिएको कर्मयोग भवनमा एकै पटक चार घर परिवारले सुविधा युक्त कोठा (व्लक)मा रहेर मृत्यु संस्कार गर्न सक्ने छन । तस्वीर: विनोद पाण्डे(कमल)/आमसंचार
Views: 258

