

बङ्गलादेशको राजधानी ढाकानजिकै ग्यास लाइटर बनाउने उद्योगमा शनिवार आगलागी हुँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ।

अग्नी नियन्त्रण सेवा र नागरिक रक्षाका अनुसार ढाका नजिकै केरानीगञ्जको कदमतली क्षेत्रमा आगलागी भएको हो।
दिउँसोदेखि सुरु भएको आगो निभाउन सात वटा अग्निनियन्त्रक टोली परिचालन गरिएको दमकल विभागले जनाएको छ। यसलाई नियन्त्रणमा ल्याउन घण्टौँ लागेको थियो।

अग्निनियन्त्रकहरूले साँझसम्म पाँच शवहरू फेला पारेको बताएका छन्। समाचार तयार पार्दासम्म मृतकको पहिचान हुन सकेको छैन।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।
Views: 13


