Aamsanchar

भर्‍याङबाट लडेर एक जनाको मृत्यु

Author Image
बिहिवार, चैत २६, २०८२

फुङलिङ-  ताप्लेजुङमा भर्‍याङबाट लडेर एक जनाको मृत्यु भएको छ। फुङलिङ नगरपालिका–४ तिनबरेका ४७ वर्षीय मदन गुरुङको भर्‍याङबाट लडेर मृत्यु भएको हो ।

बुधबार दिउँसो करिब ३ः३० बजेको समयमा गुरुङ आफ्नै घरमा भर्‍याङ चढ्ने क्रममा अचानक चिप्लिएर लड्नु भएको थियो । लड्दा उहाँको टाउकोमा गहिरो चोट लागेको थियो । घटना लगत्तै परिवारले उहाँलाई उद्धार गरी करिब ४ बजे जिल्ला अस्पताल ताप्लेजुङमा उपचारका लागि पुर्‍याउनुभएको थियो ।

उपचारको क्रममै बेलुका करिब ८ बजे उहाँको मृत्यु भएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक जट्टा सङ्कर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा भइसकेको छ। मृतकको शव हाल जिल्ला अस्पतालमा राखिएको छ भने पोष्टमार्टम प्रक्रिया हुन बाँकी रहेको जनाइएको छ।

Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर