काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका उच्च कर्मचारीको सरुवा, पदस्थापन तथा काज फिर्ता गरेको छ। स्वास्थ्यमन्त्री निशा मेहताको निर्णयअनुसार मन्त्रालयका तीन महत्त्वपूर्ण महाशाखामा नयाँ नेतृत्व ल्याइएको छ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रकी निर्देशक यशोदा अर्याल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रोशन न्यौपाने र डा, गुणनिधि शर्मा महाशाखामा आएका छन्। उनीहरूको जिम्मेवारी भने अझै औपचारिक रूपमा टुंगो लाग्न बाँकी छ।
यससँगै केही वरिष्ठ चिकित्सकलाई विभिन्न स्वास्थ्य संस्थामा काज फिर्ता गरिएको छ। डा. चुमनलाल दासलाई नारायणी अस्पताल, डा. भीम सापकोटालाई हेटौँडास्थित प्रयोगशाला, डा. सरोज शर्मालाई वीर अस्पताल र डा. कृष्णप्रसाद पौडेललाई गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइएको छ।
मन्त्रालयले कार्यसम्पादन प्रभावकारी बनाउन काज प्रणालीको दुरुपयोग नियन्त्रण गर्दै दरबन्दीअनुसार कर्मचारी परिचालन गर्ने कदम चालेको जनाएको छ।




