Aamsanchar

रास्वपाका सांसदहरूले मासिक १६ हजार ५ सय रूपैयाँ लेबी बुझाउनुपर्ने

Author Image
बिहिवार, वैशाख ३, २०८३

काठमाडौँ-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले पार्टीका सांसद र मन्त्रीहरूले बुझाउनुपर्ने मासिक लेबीको दर तय गरेको छ।

निर्णयअनुसार रास्वपाका सांसदहरूले मासिक १६ हजार ५ सय रूपैयाँ र मन्त्रीहरूले १८ हजार रूपैयाँ लेबी बुझाउनुपर्ने महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।

यसैगरी, मन्त्रीका स्वकीय सचिवहरूका लागि २ हजार रूपैयाँ लेबी तोकिएको छ। भविष्यमा सांसदका स्वकीय सचिवहरू नियुक्त भएमा उनीहरूले पनि सोही बराबरको लेबी बुझाउनुपर्ने निर्णय बैठकले गरेको महामन्त्री बुर्लाकोटीले जानकारी दिए।

Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर