Aamsanchar

अदालतले ‘हाई प्रोफाइल’ व्यक्ति छाडेपछी गृहमन्त्री तनावमा

Author Image
बिहिवार, वैशाख ३, २०८३

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले पछिल्लो समय समातिएका’हाई प्रोफाइल’ व्यक्तिहरू पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतलाई अदालतले थुनामुक्त गरेपछि असन्तुष्टि जनाएका छन् ।

प्रहरीले एकपछि अर्को गर्दै ‘हाई प्रोफाइल’ पक्राउको शृङ्खलामा अदालतले ब्रेक लगाएपछि गृहमन्त्री गुरुङले असन्तुष्टि जनाएका हुन् । आफूले देश, जनता र सुशासनका लागि कदम उठाए पनि त्यसमा रोक लागेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।

बिहीबार साँझ गृह मन्त्रालयमा सुरक्षा बिटमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अनौपचारिक संवादमा गृहमन्त्री गुरुङले उक्त असन्तुष्टि पोखेका हुन् ।

‘मैले सुरुआतदेखि नै एक्सन ओरिएन्टेड भएर काम गर्न खोजेको थिए । तर, अदालतबाट रोकियो,’गृहमन्त्री गुरुङले भने, ‘अब कसरी अगाडि बढ्ने विषयमा कानुन अध्ययन गरिरहेको छु ।’

गुरुङले गृहमन्त्रीको कार्यभार सम्हालेलगत्तै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ परेका थिए । त्यस्तै, पूर्वमन्त्री दीपक खड्कालाई पनि प्रहरीले पक्राउ गरेको थियो । तर, अदालतको आदेशबाट उनीहरू थुनामुक्त भएका छन् ।

उनले सम्पत्तिको विवरणका विषयमा पनि प्रस्टीकरण दिए । बुबाबाजेदेखि नै अंशवण्डा नभएकाले सबै विवरण देखाउँदा विवरण बढी देखिएको उनको भनाइ छ ।

Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर