

जनकपुरधाम – धनुषाको बटेश्वर गाउँपालिका-४ स्थित बाँसघारीमा एकजना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा बटेश्वर गाउँपालिका-४ का ६० वर्षीय जगतबहदुर थापा रहेका छन् ।
उनको शव आज बिहान करिब ९ बजे स्थानीय जगदीश रविदासको बाँसघारीमा फेला परेको हो ।छोरा अमित थापाका अनुसार बुधबार साँझदेखि उनी बेपत्ता भएका थिए । त्यति बेला मादक पदार्थ सेवान गरेको उनको भनाइ छ ।बिहान १० बजे शव फेला परेको जानकारी आएपछि घटनास्थल पुगेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवले बताए ।
अत्यधिक मादक पदार्थ सेवनको कारण उनको मृत्यु हुन सक्ने प्रहरीको अनुमान छ ।


Views: 15


