

इनरुवा – सुनसरीको बर्जु गाउँपालिका–४ बाट गैँडाको खागसहित पक्राउ परेका चारजनामाथि अनुसन्धान सुरु गरिएको छ ।
पक्राउ पर्नेमा बर्जु–६ का ३९ वर्षीय राजेशकुमार उराँव, ३१ वर्षीय जीवन चौधरी, बर्जु–५ का ३३ वर्षीय रविनकुमार यादव र मोरङको पथरी शनिश्चरे नगरपालिका–१ का ४० वर्षीय नारायणप्रसाद घिमिरे रहेका डिभिजन वन कार्यालय सुनसरीले जनाएको छ ।
बर्जु तालनजिकै खागको तौल लिँदै गर्दा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी पक्कलीबाट खटिएको टोलीले उनीहरूलाई बिहीबार ९वैशाख ३० पक्राउ गरेको थियो । आरोपित र खाग आफूहरूलाई बुझाएसँगै अनुसन्धान सुरु गरिएको डिभिजन वन कार्यालय इनरुवाका डिभिजनल वन अधिकृत रितेशभूषण बस्नेतले जानकारी दिए ।


Views: 17


