Aamsanchar

बिस्कुटमा रौं भेटिएपछि २ लाख रुपैयाँ जरिवाना

Author Image
आइतवार, वैशाख ६, २०८३
विराटनगर – बिस्कुटमा रौं भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले बिस्कुट उत्पादन गर्ने उद्योगलाई कारबाही गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटगर र उपभोक्ता संरक्षण कार्यालय, मोरङको संयुक्त अनुगमन गर्ने क्रममा एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालि दुहबी, सुनसरीबाट उत्पादन भएको बिस्कुटमा रौं भेटिएको हो।
विभागले उक्त उद्योगद्वारा उत्पादित डाइजेस्टिभ नट्स बिस्कुटमा रौं परेको भन्ने उजुरी प्राप्त भएको र सोको सम्बोधन गर्ने क्रममा उद्योगको उत्पादन स्थलमा अनुगमन गरी थप अनुसन्धानको लागि उजुरी परेको ब्रान्डको बिस्कुटको नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरको प्रयोगशालामा परीक्षणका लागि पठाएको जनाएको छ।
विभागको टोलिसँग संयुक्त रूपमा खटिएको उपभोक्ता संरक्षण कार्यालय विराटनगरद्वारा कसुरबापत २ लाख रुपैयाँ जरिवाना गरेको छ।
Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर