Aamsanchar

’सेलिब्रेसन’ को अनिवार्य परिकार केकः स्वादमा मिठो, स्वास्थ्यमा कति हितकर ?

Author Image
मङ्गलवार, वैशाख ८, २०८३

बिर्तामोड । आजभोलि जन्मदिन होस् वा एनिभर्सरी, या त कुनै पनि खुसीयाली साटासाट गर्ने अवसर— केक काट्नु एक अनिवार्य परम्परा जस्तै बनेको छ। बजारमा पाइने आकर्षक र रङ्गीचङ्गी केकले उत्सवलाई रमाइलो त बनाउँछन्, तर के हामीले यसले हाम्रो शरीरमा गर्ने असरबारे सोचेका छौँ?

के हुन्छ त केक भित्र?
साधारणतया केक मैदा, चिनी, मख्खन (वा तेल) र अण्डाको मिश्रणबाट बन्ने गर्दछ। तर, केकलाई आकर्षक र लामो समयसम्म ताजा राख्न यसमा विभिन्न केमिकल, प्रिजरभेटिभ्स र कृत्रिम रङ्ग मिसाइन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार केकमा प्रयोग गरिने ’रिफाइन्ड सुगर’ र ’ट्रान्स फ्याट’ शरीरका लागि निकै हानिकारक हुन सक्छन्।

रङ्ग र केमिकलको जोखिम
केकलाई उज्यालो र आकर्षक बनाउन प्रयोग गरिने ’सिन्थेटिक’ रङ्गहरू स्वास्थ्यवद्र्धक हुँदैनन्। यस्ता रङ्गहरूले साना बालबालिकाहरूमा एलर्जी हुने र मानसिक चञ्चलता (ज्थउभचबअतष्खष्तथ) बढाउने जोखिम रहने चिकित्सकहरूको भनाइ छ। त्यस्तै, केकलाई नरम बनाउन प्रयोग गरिने रसायन (भ्mगकिषष्भचक) र बेकिङ एजेन्टको अत्यधिक प्रयोगले पाचन प्रणालीमा समस्या निम्त्याउन सक्छ।

स्वास्थ्यमा पर्ने प्रमुख असरहरूः
१. मधुमेह र मोटोपनः अत्यधिक चिनी र मैदाको प्रयोगले रगतमा ग्लुकोजको मात्रा तुरुन्तै बढाउँछ, जसले गर्दा मधुमेह र तौल बढ्ने समस्या देखिन्छ।
२. मुटुको समस्याः केकमा प्रयोग गरिने सस्तो खालको घिउ वा तेल (ःबचनबचष्लभ) ले शरीरमा ’ब्याड कोलेस्ट्रोल’ बढाउँछ, जसले कालान्तरमा मुटुको नसामा अवरोध पु¥याउन सक्छ।
३. पोषक तत्वको अभावः यसलाई ’एम्प्टी क्यालोरी’ फूड भनिन्छ। यसले पेट त भर्छ तर शरीरलाई चाहिने भिटामिन र खनिज प्रदान गर्दैन।

विकल्प के त?
स्वास्थ्यप्रति सचेत रहनेहरूका लागि अहिले बजारमा ’हेल्दी केक’ को विकल्प पनि आउन थालेका छन्। मैदाको सट्टा गहुँको पिठो वा ओट्स, चिनीको सट्टा सख्खर वा मह र कृत्रिम रङ्गको सट्टा प्राकृतिक फलफूलको प्रयोग गरेर बनाइएका केकहरू तुलनात्मक रूपमा स्वस्थ मानिन्छन्।

चाडपर्व र उत्सवमा थोरै मात्रामा केक खानु सामान्य भए तापनि यसलाई दैनिक खाजाको रूपमा प्रयोग गर्नु स्वास्थ्यका लागि चुनौतीपूर्ण हुन सक्छ। त्यसैले, केक छनोट गर्दा यसमा प्रयोग भएका सामग्री र रङ्गको मात्रामा ध्यान दिनु बुद्धिमानी हुनेछ।

Views: 3

प्रतिक्रिया (०)

सम्बन्धित खबर