Aamsanchar

सुकुम्वासी बस्ती आसपास क्षेत्रमा सीसीटीभी जडान

Author Image
शुक्रवार, वैशाख ११, २०८३

काठमाडौं –  प्रहरीले काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्ती आसपास क्षेत्रमा सीसीटीभी जडान गर्न थालेको छ ।

शनिबार (वैशाख १२) थापाथलीसहितका सुकुम्वासी बस्ती हटाउँदा हुनसक्ने आपराधिक गतिविधिबारे जानकारी लिन प्रहरीले सीसीटीभी जडान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, सुकुम्वासी बस्तीको फोकस हुनेगरी सीसीटीभी जडान गरिएको हो ।

प्रहरीले सीसीटीभी क्यामेराको निगरानी भने परिसर कार्यालय भद्रकालीबाट नै गर्नेछ ।

भोलिको कार्यक्रममा कुनै अवाञ्छित गतिविधि नहोस् भनेर प्रहरीले संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई पक्राउ गरेको छ ।

Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर