Aamsanchar

मोरङमा ट्याङ लागेर दुई जना महिला घाइते

Author Image
आइतवार, वैशाख १३, २०८३

र्लाबारी-  मोरङको पथरी र धनपालथानमा आइतबार बिहान चट्याङ लागेर दुई जना महिला घाइते हुनुभएको छ ।

तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका अनुसार आइतबार बिहान करिब पौने ८ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका–२, कालापानी बस्ने ४६ वर्षीया जानुका रेग्मी घाइते हुनुभएको हो ।

आफ्नै भान्सा घर अगाडि उभिरहनुभएको बेला उहाँलाई चट्याङ लागेको थियो । उहाँको दाहिने खुट्टामा चोट लागेको छ । उहाँलाई तत्काल मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा उपचारका लागि पुर्‍याइएको छ ।अस्पतालका अनुसार उहाँको अवस्था सामान्य रहेको छ ।

त्यस्तै, बिहान करिब ८ बजे धनपालथान गाउँपालिका–२, पैटा बस्ने ३० वर्षीया भाल्सादेवी ऋषिदेव आफ्नै घरमा बसिरहनुभएको बेला चट्याङ लाग्दा गम्भीर घाइते हुनुभएको हो ।

उहाँलाई उपचारका लागि कोशी अस्पताल विराटनगरमा लगिएको छ । प्रहरीका अनुसार उहाँको अवस्था गम्भीर रहेको छ ।

Views: 2

प्रतिक्रिया (०)

सम्बन्धित खबर