

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रारले पदबाट राजीनामा दिएका छन् । राजनीतिक नियुक्ति लिएका त्रिविका उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले बिहीबार (वैशाख १७) राजीनामा दिएका हुन् ।
“सरकारले राजनीतिक नियुक्ति लिएकालाई पदमुक्त गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेललाई अध्यादेश सिफारिस गरेपछि राजीनामा दिएका छौँ । पत्र प्रधानमन्त्री कार्यालयमा दर्ता भएको छ,” शिक्षाध्यक्ष प्रा.डा. केसीले भने ।
उनले अगाडि भने, “राजीनामाका विषयमा (बिहीबार) बिहान छलफलमा बसेका थियौँ ।”

नयाँ सरकारालाई काम गर्न सहज होस् भनेर मार्गप्रशस्त गरिएको उनीहरूको भनाइ छ । रजिस्ट्रार प्रा. डा. रिजाल दोहोरो नागरिकतासम्बन्धी विवादमा समेत मुछिएका थिए ।

Views: 13


