

काठमाडौं – नेकपा एमालेले पार्टी सदस्यता नवीकरणलाई अनलाइन माध्यमबाट गर्ने तयारी गरेको छ । यसअघि भौतिक रूपमा उपस्थित भएर मात्रै नवीकरण गर्ने नीति लिएको थियो । तर त्यो शैली बदल्ने प्रस्ताव संगठन विभागले राखेको छ ।
‘भौतिक रूपमा आफैं उपस्थित भएर सदस्यता नवीकरण गर्ने नीति थियो, तर अब अनलाइनमा जाने कि भनेर संगठन विभागले प्रस्ताव तयार पारेको छ,’ एक पदाधिकारीले भने । तर उनका अनुसार उक्त प्रस्तावलाई पार्टीले स्वीकार गरिसकेको होइन । ‘सुझावका रूपमा आएको प्रस्तावमाथि छलफल होला,’ उनले भने । सदस्यता नवीकरण नगर्नेहरूलाई स्वतस् कमिटीबाट बिदा गर्ने प्रस्ताव पनि तयार भएको छ ।

‘यदि कसैले सदस्यता नवीकरण गर्दिनँ भन्छ भने ऊ स्वतस् पार्टीबाट विदा भइहाल्छ, त्यो पुरानै कुरा हो,’ ती पदाधिकारी भन्छन् ।

Views: 13


