Aamsanchar

बालबालिकाहरूले कानमा लगाएको मुन्द्रा चोरी गर्ने एक महिला पक्राउ

Author Image
सोमवार, वैशाख २१, २०८३

पर्वत – बालबालिकाहरूले कानमा लगाएको मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार स्याङ्जाको चापाकोट नगरपालिका–३ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१० राम बजारमा बस्दै आएकी २५ वर्षीया अम्बिका पुलामी मगरलाई पक्राउ गरिएको हो। उनी गत वैशाख १७ गते पोखरा महानगरपालिका–९ महेन्द्रपुलबाट पक्राउ परेकी हुन्।

मगरले गत वैशाख ६ गते साँझको समयमा पोखरा महानगरपालिका–२५ हेम्जास्थित रामचोककी ६ वर्षीया बालिकाले कानमा लगाएको सुनको मुन्द्रा चोरेको उजुरीको आधारमा उनको खोजी सुरु भएको थियो। बालिकालाई ललाई फकाई २८ लाल तौल भएका करिब एक लाख रुपैयाँ बजार मूल्य रहेका २ ओटा मुन्द्रा चोरेर लगेको जाहेरी प्रहरीमा दर्ता भएको थियो।

 

Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर