Aamsanchar

राजस्थानका पूर्व मन्त्री जोशी पक्राउ

Author Image
बिहिवार, वैशाख २४, २०८३

काठमाडौं : राजस्थानका पूर्व मन्त्री महेश जोशी पक्राउ परेका छन्। उनलाई भ्रष्टाचार विरोधी ब्यूरो (एसीबी)ले पक्राउ गरेको हो। राजस्थान एसीबीले बिहीबार ९०० करोड रुपैयाँ बराबरको जल जीवन मिसन (जेजेएम)घोटाला प्रकरणमा उनलाई पक्राउ गरेको हो।

पीटीआईका अनुसार एसीबीको विशेष अनुसन्धान टोली (एसआईटी) ले बिहीबार बिहान जयपुर रेलवे स्टेशन नजिकैको सान कोलोनीस्थित निवासबाट जोशीलाई पक्राउ गरेको हो। यसअघि अप्रिल २०२५ मा प्रवर्तन निर्देशनालय (ईडी)ले पनि कथित घोटालासम्बन्धी मनी लान्ड्रिङ मुद्दामा उनलाई पक्राउ गरेको थियो।

उनी करिब सात महिना जेलमा बसेपछि डिसेम्बर २०२५ मा सर्वोच्च अदालतबाट जमानतमा रिहा भएका थिए।

Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर