Aamsanchar

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Author Image
बिहिवार, वैशाख २४, २०८३

काठमाडौँ  – पोखरा विमानस्थलको अर्को भ्रष्टाचार काण्डमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अर्थमन्त्री कार्की र २ सचिवसहित १४ जनाविरुद्ध आज मुद्दा दायर गरेको हो।

उनीहरूमाथि ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो बराबरको भ्रष्टाचार भएको उल्लेख गर्दै सोही बराबरको जरिवाना समेत असुल गरी कैद सजायको मागदावीसहित मुद्दा दर्ता गरिएको छ।

तत्कालीन अर्थमन्त्री कार्कीसहित अर्थसचिव शंकरप्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव(तत्कालीन सहसचिव) केवल भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्यालविरुद्ध मुद्दा परेको छ।

यस्तै चिनिया निर्माण कम्पनीका अध्यक्ष र म्यानेजरविरुद्ध पनि सोही बराबरको विगो कायम गरी मुद्दा दर्ता गरिएको छ।

Views: 16

प्रतिक्रिया (०)