
जनकपुरधाम – महोत्तरीमा गाईगोठ भत्किँदा च्यापिएर एक महिलाको मृत्यु भएको छ ।
पिपरा गाउँपालिक ६ मुसहरी टोलका सुन्देश्वर सदाकी श्रीमती ५० वर्षीया सुनिता सदाको मृत्यु भएको हो ।सुनिता शुक्रबार साँझ साढे ५ बजेतिर आएको हावाहुरीमा स्थानीय झगरु मुखियाको गाई गोठमा ओत लाग्न गएकी थिइन् । त्यसैबेला हावाहुरीले गोठ भत्काउँदा उनको घटनास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता शैलेन्द्र भट्टले जानकारी दिए ।

Views: 11


