Aamsanchar

वभनगामा टोलमा आगलागी, १२ घरगोठ जलेर नष्ट

Author Image
आइतवार, वैशाख २७, २०८३

राजविराजः सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी भएको छ। आगलागीमा परी छ परिवारको १२ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट सल्केको आगोले निजको दुईवटा घर र एउटा गाईगोठ, छिमेकी जुगाइ यादवको दुईवटा घर र एउटा गोठ, अनिल यादवको दुईवटा घर एउटा गोठ, योगिन्द्र यादव, राजकुमार यादव, धीरेन्द्र यादवको एक÷एक वटा घर गरी ९ घर र तीन वटा गाईगोठसमेत १२ वटा घर पूर्ण रुपले जलेर नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचरलगायत नगदसहित करिब रु ४५ लाखभन्दा बढीको धनमालको नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ।

हनुमाननगर कङ्कालिनी नगरपालिका, मधेस–प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको बारुण यन्त्र र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा आएको थियो।

Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर