
काठमाडौँ – रास्वपा सभापति रवि लामिछानेले आफूहरू जीवनी लेख्ने नभई इतिहास लेख्ने यात्रामा रहेको प्रतितिक्रिया दिएका छन् ।
पार्टीका सांसदहरूका लागि आयोजना गरिएको दुई दिने प्रशिक्षणको समापन सभामा उनले आफूहरू इतिहास लेखाउन राजनीतिमा आएको बताए। ‘मलाई जीवनीमा ठूलो इच्छा छैन। जीवनी लेख्नु ठूलो कुरा होइन। हामी इतिहास लेख्ने यात्रामा छौँ’, सभापति लामिछानेले भने।
उनले आफूले राजनीतिलाई धेरै ठूलो सपनाको रूपमा लिएको धारणा राखे। ‘नेताको रूपमा एउटा मान्छे सरकारको कुन तहमा पुग्छ भन्ने ठूलो कुरा होइन’, उनले भने, ‘सरकारमा मन्त्रीका रूपमा रहला प्रधानमन्त्रीको रूपमा रहला त्यो ठूलो कुरा होइन। तर मुलुकलाई एउटा कस्तो नेतृत्व दिँदैछौँ भन्ने ठूलो हो।’

लामिछानेले सरकारले हेरेर र सोचेर मात्र कदम चालेको दाबी गरे। उनले सरकारले चालेका कदमबारे प्रश्न गर्दा भागेर नहिँड्न पार्टीका सांसदलाई सुझाव दिए।


