
इनरुवा – सीमापारिबाट भन्सार छली गरेर ल्याइएको कपडा तथा कस्मेटिक सामान सुनसरीको दुहबीबाट प्रहरीले बरामद गरेको छ ।
प्रहरीले दुहबी नगरपालिका–५ स्थित कोशी राजमार्गमा विराटनगरबाट दुहबीतर्फ आउँदै गरेको यात्रुवाहक म्याजिक भ्यानबाट भन्सार छलीका सामान बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले म्याजिक भ्यान जाँच गर्ने क्रममा बिलबिजक नभएका तीन लाख पाँच हजार ९०० रुपियाँ बराबरका लत्ताकपडा तथा कस्मेटिक सामान फेला पारेको जनाएको छ ।

बरामद गरिएका सामान नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको तथा आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
Views: 8


