
काठमाडौंः टर्कीबाट काठमाडौं आएको जहाजको ल्यान्डिङ गियरमा देखिएको आगोका कारण रोकिएको विमानस्थल पुनः सुचारु भएको छ। इस्तानबुलबाट २७८ जना यात्रु बोकेर काठमाडौं आएको जहाज ल्यान्ड गर्नासाथ धावनमार्गमा टर्न गर्न खोज्दा आगो देखिएको थियो।
त्यसपछि यात्रुलाई आकस्मिकरुपमा बाहिर निकालिएको थियो। उक्त जहाजमा देखिएको आगो निभाउने, उद्धारलगायतका कामले रोकिएको विमानस्थल पुनः सुचारु भएको छ।

Views: 25


