Aamsanchar

मोरङको सीमावर्ती क्षेत्रमा चेकजाँचका क्रममा झोला फ्याकेर दुईजना फरार, भेटियो २० लाख भारतीय रुपैयाँ

Author Image
सोमवार, वैशाख २८, २०८३

विराटनगर – मोरङको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपैयाँ (भारु) बरामद गरेको छ । रकम बोकेर भारतबाट नेपाल प्रवेश गरिरहेका दुईजना भने मोटरसाइकलमा फरार भएका छन् ।

सशस्त्र प्रहरी बलका अनुसार रतुवामाई नगरपालिका–२ घररुचोक नजिक आइतबार राति सीमा क्षेत्रमा निगरानी गरिरहेका बेला शंकास्पद मोटरसाइकललाई रोक्न खोजिएको थियो। त्यसक्रममा पछाडि बसेका व्यक्तिले आफूले बोकेको झोला सडक छेउमा फालेर मोटरसाइकलसहित भागेका थिए ।

झोला चेकजाँच गर्दा पाँच सय दरका ४० बण्डल भारतीय नोट फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद रकम २० लाख भारतीय रुपैयाँ रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । उनका अनुसार सीमा सुरक्षा गुल्म बरडंगा र बीओपी डोरियाको संयुक्त टोलीले रकम बरामद गरेको हो ।

 

रकम कहाँबाट र कुन प्रयोजनका लागि ल्याइएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको सशस्त्रले जनाएको छ । बरामद रकम आवश्यक कानुनी प्रक्रिया पूरा गरेर सम्बन्धित निकायमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।

Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर