Aamsanchar

सिंहदेवी आधारभूत विद्यालयमा कनकाईका जनप्रतिनिधि

Author Image
बिहिवार, साउन १२, २०७४

सुरुङ्गा।

कनकाई नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई एक कार्यक्रमकाबीच स्वागत तथा सम्मान गरिएको छ ।
कनकाई नगरपालिका वडा नं.४ र ५ का नागरिकले सिंहदेवी आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेका हुन् । उनीहरुले नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, सबै वडा अध्यक्ष र परिषद् सदस्यहरुलाई खादा तथा फूल अविरले स्वागत तथा सम्मान गरेका थिए ।
ज्येष्ठ नागरिक यामनाथ बिमलीको अध्यक्षतामा भएको कार्यक्रममा गोविन्द कार्कीले स्वागत गरेका थिए । कार्यक्रममा कनकाई नगरपालिका वडा नं.४ को समस्याको बारेमा गायत्रीबहादुर कार्की र वडा नं. ५ को समस्याको बारेमा केदार पाठकले जनप्रतिनिधिहरुलाई जानकारी गराएका थिए । उनीहरुले कनकाई माई र सुरुङ्गा खोलाकोबीच भागमा रहेका आफूहरु वडाका नागरिकहरु विकास निर्माणमा अत्यन्तै पिछडिएको बताएका थिए ।

उक्त क्षेत्रमा अहिलेसम्म पनि विद्युत् सेवाबाट वञ्चित बनेको बताउँदै वडाका केही टोलमा विद्युत् विस्तार लगायत नदी नियन्त्रण, शिक्षा, स्वास्थ्य, बाटो निर्माण, सिञ्चाईं, बृद्घभत्ता, विपन्न समुदायका लागि सिपमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका विषयमा जनप्रतिनिधिको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा कनकाई नगरपालिका वडा नं. ९ का वडाध्यक्ष प्रेमप्रसाद राजवंशी र नगर प्रमुख राजेन्द्र पोखरेलले स्थानीयबासीले राखेको समस्याहरुको पहिचान गरी निर्वाचनका समयमा घोषणापत्रमा पनि ती विषय समावेश भएकोले आफूहरुले स्थानीयबासीको माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा नगर प्रमुख पोखरेलले जनप्रतिनिधिलाई सकारात्मक एवम् रचनात्मक सहयोगको आवश्यक भएकाले दुई वर्षभित्रमा कनकाई नगरको चौतर्फी विकास गरी उज्यालो नगरी बनाउने बताएका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी डिल्लीराम घोर्साईले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर