
बिर्तामोड- भारतबाट (भित्री वस्त्र )पेन्टीभित्र लागूऔषध लुकाएर ल्याउने एक युवक मेचीनगरबाट पक्राउ परेका छन् ।
मेचीनगर ६ पुरानो मेची पुलमुनि पैदल मार्ग हुँदै भारतबाट नेपालतर्फ हिड्दै आउँदै गरेका कमल गाउँपालिका वडा नं. ६ त्रिवेणी चौक बस्ने १८ वर्षीय विवेक यादवले पेन्टीभित्र लागूऔषध लुकाएर ल्याएका थिए ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर शरीर तलासी लिने क्रममा यादवले लगाएको जिन्स पाइन्टको पेन्टीभित्र लुकाएर ल्याएको प्लाष्टिकबाहेक १४ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।

यादवलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Views: 32


