
काठमाडौं – पूर्वी चीन सागरमा बुधबार बिहान ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनएससी)का अनुसार भूकम्पको केन्द्रविन्दु २७.५२३ डिग्री उत्तरी अक्षांश र १२८.४१८ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । भूकम्पको केन्द्रको गहिराई ३३ किलोमिटर मापन गरिएको छ ।
भूकम्पको केन्द्रविन्दु जापानको नागासाकी सहरबाट करिब ५९७ किलोमिटर दक्षिण–दक्षिण–पश्चिम दिशामा पूर्वी चीन सागर क्षेत्रमा रहेको छ । नेपाली समयअनुसार बिहान ८ बजेर एक मिनेट जाँदा भूकम्प गएको हो ।

हालसम्म धनजनको क्षतिको सूचना प्राप्त भएको छैन ।

Views: 12


