
काठमाडौं – एसियन गेम्स छनोट खेल्न मलेसियामा रहेको नेपाली महिला टोलीले घरेलु टोलीलाई पराजित गरेको छ।
आज बिहान भएको खेलमा नेपालले मलेसियालाई २ विकेटले पराजित गरेको हो।

मलेसियाले दिएको ६८ रनको लक्ष्य नेपालले १७ दशलमव ३ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो।

नेपालका लागि सम्झना खड्काले ३२ र रुबी पोद्दारले १५ रन प्रहार गरे। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
त्यसअघि पहिला ब्याटिङ गरेको मलेसिया १६ दशलमव ५ ओभरमा ६७ रन बनाएर अल आउट भयो ।
नेपालले यही २३ मेदेखि एसियन गेम्स छनोट खेल्नेछ। नेपालले चीन र इन्डोनेसिया प्रतिद्वन्द्वी पाएको छ।
Views: 17


