
काठमाडौं – विश्वकप लिग-२ अन्तर्गत सोमबार त्रिवि मैदानमा जारी खेलमा नेपालले स्कटल्याण्डलाई ६ विकेट हराएको छ।
१९५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले ३८।१ ओभरमा चार विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रनमा अविजित रहँदा इशान पाण्डेले ५५ रन बनाए।

आसिफ शेख र कुशल भुर्तेलले क्रमश २९ र २८ रनको योगदान दिए। दिपेन्द्रसिंह ऐरी २ रनमा आउट भए। पहिले ब्याटिङ गरेको स्कटल्याण्ड ३९।१ ओभरमा अल आउट भइ १९४ रनमा रोकिएको थियो। नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले क्रमश स् चार र तीन विकेट लिए। सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान एकरएक विकेट लिए।

स्कटल्याण्डका लागि ब्रान्डन मिकमलेनले ७३ रन बनाए भने माइकल इङ्लिस ५१ रन जोडे। स्कटल्याण्डविरूद्ध जारी सिरिजको पहिलो खेलमा नेपाल २ रनले पराजित भएको थियो।
पहिले ब्याटिङ गरेको स्कटल्याण्ड ३९।१ ओभरमा अल आउट भइ १९४ रनमा रोकिएको थियो। नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले क्रमश स् चार र तीन विकेट लिए। सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान एकरएक विकेट लिए।
स्कटल्याण्डका लागि ब्रान्डन मिकमलेनले ७३ रन बनाए भने माइकल इङ्लिस ५१ रन जोडे। स्कटल्याण्डविरूद्ध जारी सिरिजको पहिलो खेलमा नेपाल २ रनले पराजित भएको थियो।


