
काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले बर्नलीलाई हराएको छ ।
उपाधि नजिक पुगेको आर्सनलले गएराति भएको खेलमा बर्नलीलाई १–० ले हराएको हो । खेलमा एक मात्र गोल काइ हार्भटेजले गरे । यो जितसँगै आर्सनलले शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाएको छ ।

आर्सनलको ३७ खेलमा ८२ अंक भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३६ खेलमा ७७ अंक छ । सिटीले आज राति हुने खेलमा बर्नमाउथलाई हराउन नसकेमा आर्सनल लिग च्याम्पियन हुनेछ ।

अन्तिम खेलमा आर्सनलले क्रिस्टल प्यालेससँग खेल्नेछ ।
Views: 7


