
हेटौंडा – इच्छाकामना गाउँपालिका–१ कुलबाङगमा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गत शुक्रवार श्यामबहादुर चेपाङ र पदमा माया चेपाङको पाँच जनाको परिवारले आफ्नै घरमा जङ्गली च्याउ खाएका थिए ।
त्यसलगतै चेपाङ परिवारका तीन जना सदस्यमा स्वास्थ्य समस्या आएपछि स्थानीय स्वास्थ्य चौकीमा गएका थिए । त्यहाँ उपचार सम्भव नदेखिएपछि परिवारले भरतपुरस्थित सरकारी अस्पतालमा लगेका थिए । यद्यपी उनीहरुको उपचारको क्रममा गत शुक्रवार अन्दाजी ९ बर्षीय नमुना चेपाङको, गत शनिवार ११ बर्षका सञ्जय चेपाङ र गत मंगलवार १३ बर्षीय मनिता चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Views: 8


