Aamsanchar

सदनमा प्रधानमन्त्री नआए पाँचै वर्ष अवरोध गर्छौं : हर्क

Author Image
बुधवार, जेठ ६, २०८३

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफूहरू निलम्वन हुनपनि तयार रहेको बताएका हुन्। बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफूहरूको विरोध आगामी दिनमा पनि निरन्तर हुने भन्दै विरोध गरेकै कारण आफूहरू निलम्वन हुनपनि तयार रहेको बताए ।

सरकारलाई प्रश्न गर्न नदिनेगरि सभामुखले गरेको रुलिङको समेत आफूहरूको विरोध रहेको उनले बताए । उनले सार्वभौम संसद र संसदको विधि–विधानका लागि निलम्बन हुन तयार रहेको धारणा राखे।

सुकुमबासी , लिपुलेक, विदेशी ऋण लगायत आफूहरूका धेरै प्रश्नको जवाफ नआएकाले विरोध जनाउनुपरेको उनले बताए । उनले जनताको प्रश्नको उत्तर नदिने गैरजिम्मेवार सरकारको मूल्याङ्कन जनताले गर्ने उल्लेख गरे।

 

 

 

 

Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर