Aamsanchar

नेविसंघ र अखिलको झडप, यिनीहरुले के सन्देश दिए ?

Author Image
बिहिवार, साउन १२, २०७४

काठमाडौं :

सत्तासीन नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुबीच काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा बिहीबार झडप भएको छ ।

साउन ८ र ९ गतेको स्वागत कार्यक्रमको विषयमा उत्पन्न विवादलाई लिएर नेविसंघका कार्यकर्ताले बिहीबार स्ववियु कार्यालय तोडफोड गर्नुका साथै फर्निचरमा आगो लगाएपछि झडप भएको क्याम्पसका स्ववियु सभापति पूर्ण खडकाले जानकारी दिए ।

घटनापछि पुगेको प्रहरीले लाठी चार्ज गर्दा आफ्नो संगठनका आठ आठ विद्यार्थी घाइते भएको खडकाले जानकारी दिए।

खड्काका अनुसार झडपका क्रममा नारायण घर्ती, मोती विक, अजित बोहोरा, शिशिर विक, आकाश घर्ती, सुजन भट्टराई, शेखर बोहोरा, दिवाकर लोहन र अमित महर घाइते भएका छन् ।सभापति खड्काको समेत हात, खुट्टा र टाउकामा चोट लागेको छ।

‘मलाई क्याम्पस हातामा प्रवेश गर्न दिइएन’, खडकाले अन्नपूर्णसँग भने, ‘बाहिरबाट मान्छे ल्याएर हामीलाई आक्रमण गरियो ।’ अनेरास्ववियुकी अध्यक्ष नविना लामाले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेकी छिन्। । ‘दोषिमाथि तत्काल कारबाही होस् । अन्यथा हामी अन्य कदम चाल्न बाध्य हुनेछौ ।’

नेविसंघले जित्दै आएको सो क्याम्पसमा यसपटक अनेरास्ववियु विजयी भएको छ।अन्न्पूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर