Aamsanchar

क्रिष्टल जस्तो देखिने ८० किलो पदार्थसहित एक जना पक्राउ

Author Image
शुक्रवार, जेठ ८, २०८३

धादिङ –  धादिङ प्रहरीले अवैध क्रिष्टल जस्तो देखिने ८० किलो पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको रुबीभ्याली गाउँपालिका–३ सेक्टर चौताराबाट धादिङबेंसीतर्फ अवैध पदार्थ ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी सेर्तुङबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उक्त पदार्थ बरामद गरेको हो ।

प्रहरीका अनुसार प्लास्टिकका चार वटा बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा अवैध क्रिष्टल जस्तो देखिने ८० किलो पदार्थ फेला परेको थियो । उक्त पदार्थसहित रुबीभ्याली गाउँपालिका–३ बस्ने ३५ वर्षीय फुन्चो तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद गरिएको पदार्थ स्थानीय व्यक्तिहरुको रोहबरमा रितपूर्वक मुचुल्का उठाई जिल्ला प्रहरी कार्यालय धादिङ ल्याइएको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङसहित बरामद सामग्रीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी(डीएसपी)प्रकाश दाहालले जानकारी दिए ।

Views: 21

प्रतिक्रिया (०)