
काठमाडौँ – सरकारले नेपाली चिया भारत निर्यातमा देखिएको अवरोध हटेको बताएको छ।
परराष्ट्र मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराएको हो । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको बताए।
‘नयाँ दिल्लीस्थित नेपाली दूतावास र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी सहज भयो’ उनले भने।

Views: 21


