Aamsanchar

पुर्वी पहाडी जिल्लामा बाढी-पहिरो : दुई घर बगायो, मध्यपहाडी लोकमार्ग अवरुद्ध

Author Image
शनिवार, जेठ ९, २०८३

पाँचथर  – पाँचथरको याङ्वरक बाढी-पहिरोले दुई घर बगाएको छ । याङ्वरक-१ महमलाल खवासको बस्ने घर र गोठमा बगाएको छ भने सोही ठाउँका कविराज राईको घर पनि बगाएको छ । यस्तै बलबहादुर खालिङको भान्सघर समेत पहिरो बगाएको छ ।

मोबाइलको नेटवर्क नभएको तथा विद्युत् अवरुढ भएकाले विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको छ । बाढी पहिरोले मध्यपहाडी लोकमार्गको थर्पु-चिवाभञ्ज्याङ खण्ड अवरुद्ध भएको छ । ठाउँ ठाउँमा पहिरो खसेको स्थानीयले जानकारी दिएका छन् ।दोभाने भन्ने ठाउँमा डाइबर्सन बगाएको छ भने निर्माणाधीन पुल बगाएको छ ।

पाँचथर र ताप्लेजुङ जोड्ने इन्द्रावती खोलाको पुलमा क्षति पुग्दा यातायात अवरुद्ध भएको छ ।

बाढीले याङ्वरक-१ स्थित च्याङथापु र चाम्लिङडाँडा जोड्ने झोलुङ्गे पुल,च्याङथापु-एकराते जोड्ने र याङवरक-२ दोभानेस्थित नाम्रेक-फलैचा जोड्ने झोलुङ्गे पुललाई बाढीले क्षति गरेको छ । ओयाम बजार छेउमा पहिरो गएको छ ।

यस्तै पाँचथरको हिलिहाङ र ताप्लेजुङ जोड्ने गरी निर्माणाधीन लिम्बुनी मोटरएबल पुल पनि बगाएको छ । सिँचाइ कुलो, खानेपानी, विद्युतमा पनि क्षति पुगेको छ ।

क्षतिको विवरण सकलन भइरहेको भएपनि फोन सम्पर्क हुन नसक्दा समस्या भएको पाँचथरका प्रहरी प्रमुख डिएसपि अनिश कर्णले बताए ।

बाढीले अलैँची खेतीमा ठूलो क्षति पुर्‍याएको छ । यस्तै खोलाको तटीय क्षेत्रमा खेतीबारीमा ठूलो क्षति भएको छ । कावेली र तमोर जस्ता खोलामा बाढी आएको छ ।

Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर