Aamsanchar

रास्वपाले रूपन्देहीका आठ पालिकामा छान्यो नयाँ नेतृत्व

Author Image
सोमवार, जेठ ११, २०८३

सिद्धार्थनगर-सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देहीका विभिन्न पालिकामा नयाँ नेतृत्व चयन गरेको छ ।

जिल्लाका आठ वटा स्थानीय तहमा नयाँ नेतृत्व चयन भइसकेको र बाँकी पालिकामा पनि केन्द्रले तोकेको समयसीमाभित्र अधिवेशन सम्पन्न हुने रास्वपा रूपन्देहीका सभापति डा।बद्री शर्माले जानकारी दिनुभयो ।उहाँका अनुसार नेतृत्व चयन भएका आठ वटा नगरमध्ये पाँच वटामा सर्वसम्मत र तीन स्थानीय तहमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो ।

बुटवल, गैडहवा र तिलोत्तमा नगरपालिकामा नेतृत्व चयनका लागि निर्वाचन भएको थियो भने अन्य पालिकामा सहमतिमै नेतृत्व टुङ्गिएको शर्माले बताउनुभयो ।

रुपन्देहीको कञ्चन गाउँपालिकाको सभापतिमा प्रेमचन्द्र पोखरेल, शुद्धोधन गाउँपालिकामा बैदलाल शर्मा र सियारी गाउँपालिकामा रुद्रलाल शर्मा, यस्तै बुटवल उपमहानगरपालिकाको प्रथम अधिवेशनबाट राजेश्वर (राजन)पाण्डे पुनः सभापतिमा निर्वाचित हुँदा तिलोत्तमामा रुस्तम कँडेल दोहोरिनुभएको छ ।

त्यसैगरी सैनामैनामा लक्ष्मण पौडेल, मायादेवी गाउँपालिकामा हरि कुँवर तथा गैडहवा गाउँपालिकामा ओमप्रकाश भट्टराई सभापतिमा चयन भएका छन् ।

आगामी जेठ १४ गते देवदह नगरपालिकाको तथा जेठ १६ गते सिद्धार्थनगर नगरपालिकाको अधिवेशन गर्ने तयारी भएको सभापति डा। शर्माले बताउनुभयो । रुपन्देहीमा कुल १६ वटा स्थानीय तह छन् ।

Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर