
काठमाडौँ – विदेशीमा रोजगारी लगाइदिने भन्दै ९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा ६ जना पक्राउ परेका छन्।
उदयपुरको रौतामाई गाउँपालिका-४ का रामबहादुर आलेमगर, लहान नगरपालिका–६ का आशिष कार्की, टोखा नगरपालिका(४ का लोकबहादुर श्रेष्ठ, सोही नगरपालिका- ३ की तुलसा पुनमगर, तानसेन नगरपालिका–७ का कृष्णप्रसाद पोखरेल र चन्द्रागिरि नगरपालिका-११का प्रवीण श्रेष्ठ पक्राउ परेका हुन्।
अभियुक्तमध्ये रामबहादुरले क्यानडा पठाउने भन्दै चार जनाबाट ३९ लाख ५८ हजार ठगी गरेका थिए। आशिषले न्युजिल्याण्डको प्रलोभनमा पारेर तीन जनाबाट १३ लाख ठगी गरेका थिए।

लोकबहादुरले बेलायतमा राम्रो कमाइ हुन्छ भन्दै एक जनाबाट १९ लाख र तुलसाले अमेरिका पठाउने भनेर एक जनाबाट १० लाख ठगी गरेका थिए। कृष्णप्रसादले दुबईको लोभ दोखाएर एक जनाबाट १० लाख र प्रवीणले सर्बिया पठाइदिन्छु भन्दै एक जनाबाट ६ लाख ठगी गरेका थिए।


