Aamsanchar

पूर्वप्रधानमन्त्री प्रचण्ड अस्वस्थ भएपछि अस्पताल भर्ना

Author Image
शनिवार, जेठ १६, २०८३

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।

केही दिनदेखि लगातार रुघाखोकी र ज्वरोले अस्वस्थ भए पनि घरमै आराम गरिरहेका उनलाई निमोनियाको पनि लक्षण देखिए पछि शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए।
तीन दिनदेखि सामान्य रुघाखोकी र ज्वरो थियो। तर हाल निमोनियाको पनि लक्षण देखिएपछि चिकित्सककै सल्लाहमा आज अस्पताल भर्ना हुनुभएको हो`, आचार्यले भने।

अस्वस्थताका कारण प्रचण्ड शुक्रबार गणतन्त्र दिवसको कार्यक्रमसहित आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदा संघीय संसद बैठकमा समेत सहभागी भएका थिएनन्।

Views: 31

प्रतिक्रिया (०)