
काठमाडौँ – नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिप्रति प्रतिपक्ष नेकपा एमालेले आपत्ति जनाएको छ ।
आइतबार सिंहदरबारस्थित संसद परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा एमालेका सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले आम नेपालीको शिर झुकाएको आरोप लगाए। उनले प्रधानमन्त्रीको अभिव्यक्तिले सबै नेपालीको प्रतिष्ठामा आँच आएको जिकिर पनि गरे।नेपालले समेत भारतको भूमि मिचेको रहेछ । म प्रधानमन्त्री भएपछि यो कुरा थाहा पाएँ भनेर प्रधानमन्त्रीले जसरी आज हाउसमा बोल्नु भएको छ। यसले हामी सबै नेपालको शिर झुकेको छ’, उनले भने, ‘प्रधानमन्त्रीको हैसियतले यसरी देशको सीमाका विषयमा नेपालले भारतको सीमाना मिचेको छ भनेरभन्नु अत्यन्तै दुःखद छ। गम्भीर आपत्तिजनक छ ।’
Views: 28


