Aamsanchar

प्रधानमन्त्री बालेनको अभिव्यक्तिलाई लिएर राष्ट्रियसभामा सांसदहरूकाे आपत्ति,बैठक स्थगित

Author Image
सोमवार, जेठ १८, २०८३

काठमाडौं – प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिबारे आपत्ति जनाउँदै सांसदहरूले विरोध जनाएपछि राष्ट्रियसभा बैठक अवरुद्ध भएको छ । सोमबार राष्ट्रियसभा बैठक सुरु हुने वित्तिकै विभिन्न दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उठेर विरोध जनाएका छन्।

उनीहरूले प्रधानमन्त्रीले सीमाका विषयमा दिएको अभिव्यक्तिकाबारे स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने माग गरेका छन्। राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले रास्वपा सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री बिना सूचना प्रतिनिधिसभामा उपस्थित भएर दिएको अभिव्यक्ति नियोजित भएको हुनसक्ने आशंका व्यक्त गरिन्। सीमामा रहेका नागरिकहरूले आफ्नो भूमि जोगाइरहेको अवस्थामा प्रधानमन्त्री नै नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति देशको हितमा नरहेको उनले बताइन्।

देशको सीमाका बोरमा बोल्न नसक्ने प्रधानमन्त्रीले देशको राष्ट्रियता जोगाउन सक्ने भन्ने अपेक्षा नरहेको उनको भनाइ छ ।

Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर