Aamsanchar

रवि लामिछानेलाई भाजपा कार्यालयमा भव्य स्वागत

Author Image
मङ्गलवार, जेठ १९, २०८३

काठमाडौं  – भारत भ्रमणमा रहेका सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले आजबाट राजनीतिक भेटघाट सुरू गरेका छन् ।

सत्तारुढ भाजपाको निमन्त्रणामा दिल्ली गएका उनको भाजपा पार्टी कार्यालयमा भव्य स्वागत भएको छ ।

रवि भाजपा कार्यालय पुग्दा परम्परागत झाँकी र फूलमालासहित उनलाई भाजपा नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए ।

उनले भाजपाका अध्यक्ष नीतिन नविनसँग भेटेका छन् । भेटका क्रममा नेताहरूले लामिछानेलाई भाजपाको कार्यालयको संरचनाबारे जानकारी गराएका थिए ।

भेटवार्ता दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल भएको रास्वपाले जनाएको छ ।

लामिछाने पाँच दिने भ्रमणका लागि सोमबार भारत गएका हुन् । उनले नेपाली समुदाय र समर्थकहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

भारत बसाइका क्रममा उनले अयोध्या भ्रमण समेत गर्नेछन् ।

 

Views: 15

प्रतिक्रिया (०)