Aamsanchar

वीरगञ्जको मुख्य सडक विस्तार गर्ने काम रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन

Author Image
मङ्गलवार, जेठ १९, २०८३

काठमाडौं – वीरगञ्जको मुख्य सडक (मेनरोड)विस्तार गर्ने काम रोक्न माग गर्दै स्थानीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

विकासको नाममा विनास गर्न नहुने भन्दै उनीहरुले डोजर आतंक बन्द गर्नुपर्ने मागसहित मंगलबार काठमाडौंको माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले वीरगञ्जको मेन रोडलाई सहरी मार्ग कायम गर्न पनि माग गरेका हुन् । साथै उनीहरुले सर्वोच्च अदालतले वीरगञ्जवासीलाई न्याय देऊ, वीरगञ्जमा डोजर आतंक बन्द गर लगाएका नारा लगाएका थिए ।

वीरगञ्ज सडक पीडित संघर्ष समितिका संयोजक कुन्दन रौनियारले दशकौंदेखि कानुनी प्रक्रिया पूरा गरेर निर्माण गरिएका घर तथा व्यावसायिक संरचना भत्काउने तयारीले हजारौँ परिवार विस्थापित हुने बताए ।

उनले मुआव्जाका लागि सर्वोच्चमा रिट दायर गरेको लामो समय हुदा पनि कुनै सुनुवाई हुन नसकेको गुनासो गरे । उनले वीरगञ्जको मेनरोडलाई सहरी मार्गको रुपमा कायम गर्नुपर्ने बताए ।

Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर