Aamsanchar

प्रधानमन्त्रीले आवश्यकता परे पुनः सदनमा उपस्थित भएर जवाफ दिनुहुन्छ : मन्त्री सस्मित पोखरेल

Author Image
मङ्गलवार, जेठ १९, २०८३

काठमाडौं  – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र साह सरकारप्रति उत्तरदायी रहेको स्पष्ट पारेका छन्।

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले आइतवारमात्रै सदनमा सांसदहरूले उठाउएको जिज्ञासाको जवाफ दिएको र आवश्यकता परे पुनः सदनमा उपस्थित भएर जवाफ दिने प्रतिवद्धता जनाए।

सीमा विवादको विषय दुई देशबीचको संवाद र टेबल टकमार्फत समाधान गर्नुपर्ने विषय भएको उनको भनाइ छ। उनले नेपाल र भारत दुवै पक्षले यस विषयलाई आपसी संवादबाट समाधान गर्ने प्रतिवद्धता व्यक्त गरिसकेको पनि बताए। आवश्यक सबै काम कारबाही कुटनीतिक माध्यमबाट परराष्ट्र मन्त्रालयले अगाडि बढाइरहेको बताए।

Views: 28

प्रतिक्रिया (०)