Aamsanchar

विपक्षी दलहरूले वेल घेराउ गर्दै नाराबाजी गरेसँगै स्थगित भयो संसद् बैठक

Author Image
मङ्गलवार, जेठ १९, २०८३

काठमाडौं –  विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गर्दै नाराबाजी गरेसँगै सभामुख डीपी अर्यालले बैठक स्थगित भएको सूचना सुनाएका छन् । उनले प्रतिनिधिसभाको अर्को बैठक जेठ २५ गतेमात्रै बस्ने जानकारी गराए ।

आज दिउँसो १ बजे बस्ने तय भएको बैठक २ घण्टा ढिला सुरु भएको थियो । आजको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएको भन्दै त्यसलाई सच्याउन र माफी माग्न माग राखे । उनीहरूले नाराबाजीसँऊै वेल घेराउ गर्न थालेपछि सभामुखले बैठक स्थगित भएको सूचना सुनाए ।

 

Views: 15

प्रतिक्रिया (०)