Aamsanchar

डा केसीका मागबारे शनिबार पनि वार्ता हुने

Author Image
शुक्रवार, साउन १३, २०७४

काठमाडौँ ।

चिकित्सा शिक्षा ऐन संसदबाट पारित हुनुपर्ने माग गर्दै अनसनरत डा गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ताटोलीबीच शुक्रबार भएको वार्ता शनिबार पुनः वार्ता गर्ने गरी सकिएको छ ।

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आज भएको वार्ता सकारात्मक भएको बताउँदै मन्त्रालयले डा केसीका माग संसद र विश्वविद्यालयसँग सम्बन्धित भएकाले सो निकायसँग समेत छलफल गरी शनिबार पुनः वार्ता गरिने जनाएको छ ।

डा केसीले अनसन प्रारम्भ गरेपछि सरकारले शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य मन्त्रालयका सचिव सम्मिलित वार्ता टोली बनाएको थियो ।

सरकारले वार्ता टोली बनाएलगत्तै बिहीबार बेलुका वार्ता टोलीले अनसनरत डा केसीलाई भेट गरी आज वार्ता गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर