
झापा-मेचीनगर नगरपालिका–७ सतीघट्टामा आज बेलुका भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।
बेलुका करिब ५:२५ बजे मे १ क ३९१ नम्बरको होली बेल इङ्लिस स्कुलको बस र मे ९ प ९००४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकहरूको पहिचान खुल्न बाँकी रहेको छ। दुवै जनाको शव थप प्रक्रिया तथा पहिचानका लागि भद्रपुर स्थितमेचि प्रदेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Views: 11


