Aamsanchar

भरतपुर मुद्दाको अन्तिम सुनुवाइ हुँदै, के होला फैसला ?

Author Image
आइतवार, साउन १५, २०७४

काठमाडौं :

पटक–पटक हेर्दाहेदैंमा राखिएको भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्धामाथि आज पनि सुनुवाइ हुँदै छ।

बिहीबार मुद्दाका पक्ष र विपक्ष दुबैतर्फका वकिलहरुको बहस सकिसकेकाले आज फैसला आउने सम्भावना रहेको छ। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुने बतामइएको छ ।

मतगणनाका क्रममा वडा नम्बर १९ को मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा मुद्दा परेको थियो। निर्वाचन आयोगले पुनस् मतदान गर्ने निर्णय गरेपनि त्यसविरुद्ध जेठ २१ गते सर्वोच्चमा रिट दायर भएको थियो। महानगरका २९ मध्ये २७ वडाको गणना सम्पन्न भएको छ।
मुद्दाको टुंगो नलाग्दा भरतपुर महानगरपालिकाका निर्वाचित प्रतिनिधिहरुले अहिलेसम्म सपथ ग्रहण गर्न पाएका छैनन भने महानगरपालिकाको कामकाजसमेत ठप्पप्राय छ।
लामो समयसम्म महत्वपूर्ण विषयलाई प्राथमिकता नदिएको भन्दै अदालतको आलोचना समेत सुरु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर