Aamsanchar

बाणिज्य संघमा पद १८, उम्मेदवारी ४३

Author Image
सोमवार, साउन १६, २०७४

बिर्तामोड।

बिर्तामोड उद्योग बाणिज्य संघको साउन २२ गते हुने पदाधिकारी तथा सदस्य गरी १८ पदको निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी परेको छ ।
अध्यक्ष पदमा कुमार भट्टराई, हनुमानप्रसाद मित्तल अग्रवाल र हरि प्रसाईंको उम्मेदवारी परेको छ । अध्यक्ष बाहेक ८ पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत शिवकुमार अग्रवालले जानकारी दिए । प्रत्येक पदमा २÷२ जनाको उम्मेदवारी परेको छ । जसअनुसार बरिष्ठ उपाध्यक्षमा प्रकाश शिवाकोटी र गंगाप्रसाद मैनालीको उम्मेदवारी परेको छ ।

उद्योग उपाध्यक्षमा राजु न्यौपाने र कूलप्रसाद खरेलको उम्मेदवारी परेको छ । बाणिज्य उपाध्यक्षमा सार्दुलहाङ ओली र नारायणप्रसाद चिमरियाको उम्मेदवारी परेको छ । जनसम्पर्क उपाध्यक्ष महिलामा पार्वता खरेल बिमली र दुर्गा खतिवडाको उम्मेदवारी परेको छ । महासचिवमा भेषराज भण्डारी प्रशान्त र सुवास भट्टराईको उम्मेदवारी परेको छ । उद्योग सचिवमा रवीन्द्र भट्टराई र राजन थापाको उम्मेदवारी परेको छ । बाणिज्य सचिवमा घनश्याम चौधरी र प्रकाश घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । कोषाध्यक्षमा मनोज अग्रवाल र पवन खेडिया अग्रवालको उम्मेदवारी परेको छ ।
दुई जना महिला सदस्यका लागि चार जनाको उम्मेदवारी परेको छ । जसमा राधिका चुडाल हुमागाँई, रजनी थपलिया बजगाई, उर्मिलादेवी विमली खरेल र दुर्गा थपलियाको उम्मेदवारी परेको छ । सात जना खुल्ला सदस्यका लागि २० जनाको उम्मेदवारी परेको छ ।

कुशल खतिवडा, एजाज महम्मद अन्सारी, सन्नी गोयल अग्रवाल, शत्रुधनप्रसाद गुप्ता, बृहस्पति पाण्डे, गौरीशंकर गुप्ता टिन्कु, सुरज चौधरी, राजु शर्मा पारिक, खगेन्द्रप्रसाद खरेल, सूर्यकुमार खतिवडा, सरोजकुमार संग्रौला, पुकार बराल, राजकुमार घिमिरे राजु, सञ्जीव घिमिरे, राजकुमार साह, राजु सापकोटा, हरिकुमार दियाली, दिनानाथ शिवाकोटी, धिमरोज मोहम्मद र ओमप्रकाश श्रेष्ठको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर